काठमाडौं । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी भएका हुन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरे । अध्यक्षसहित पदाधिकारीमा पनि उनको प्यानल नै विजयी भएको छ । उनी एमाले नेता तथा सांसद गोकुल…