बारा । बाराको कलैया उपमहानगरपालिका-५ स्थित राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समुहको गोलि प्रहारबाट घाईते भएका छन् ।
शुक्रबार साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २, खजुरियाका बासिन्दा कुशवाह सख्त घाइते हुनुभएको थियो । उहाँको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।्
घटनामा शंकास्पद एक जानलाई बारा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । गोली हान्ने समुहको बारा प्रहरीले खोजी तिब्र रुपमा गरी रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको बारा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया