काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीका कारण बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वबाहेकका भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतस् सफा रहनेछ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया