काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठ जना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय…