काठमाण्डौ । केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा एमालेका पाँच मन्त्री थिए । उनीहरुले हिजो राजीनामा दिएपछि मुख्यमन्त्री महराले अब विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको समीकरणअनुसार महराले विश्वासको मत…