काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर देखिन थालेका छन् । अहिले महानगरले सडकपेटीलाई अपाङ्गमैत्री बनाउन थालेको छ । त्यसका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्न सहज बन्दै गएको महानगरले जनाएको छ । काठमाडौंका कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् । बल्खु र कुलेश्वर क्षेत्रको सडकपेटी बनिरहेका छन् ।…