तनहुँ । तनहुँमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। शनिबार दिउँसो सवा ३ बजे शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो। पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीन जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराका अनुसार एक जनाको शव शनिबार नै फेला परेको…