मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

न्यूजस्टोरी

सिन्धुली, २२ असार । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

यस्तै गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।बाढी पहिरोका कारण हाल देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । सडक विभागका अनुसार ४८ राजमार्ग एकतर्फी मात्र चलेका छन् । डुम्रे-वेशीशहर-चामे सडक ३ ठाउँमा र उत्तर-दक्षिण कालिगण्डकी लोकमार्ग आयोजना पनि दुई ठाउँमा अवरुद्ध रहेको विभागले जनाएको छ ।