काठमाडौं, १ असार । पछिल्लो १२ घण्टामा देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परेको छ । गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।…