मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन, नवलपरासीमा भने समस्या

न्यूजस्टोरी

काठमाडौं, ९ असार । यतिबेला काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

राति पानी परे पनि सडकमा समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ । तर पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने, दुम्कीवास क्षेत्रमा भने सडक हिलो र चिप्लो भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको छ ।

यस क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । दिउँसोको समयमा पनि गाडी सञ्चालनमा समस्या रहेकाले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । केही दिनमा नयाँ पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्डमा हिजो र आज दुई दिनको लागि राति १० बजेदेखि बिहान तीन बजेसम्म ५ घण्टा सडक बन्द गरिएको छ ।