काठमाडौं, २९ जेष्ठ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको मुद्दामा हिजो फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो । यसअघि गएको जेठ १…