मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो बर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह

लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो बर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं, ९ असार । लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ । पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहटलगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देही भएर बहने नदी खोला तथा बाराको लालबकैया खोला लगायत अरु ससाना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै अर्घाखाँचीको राङसिङ खोलालगायत अरु साना खोला र कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी तथा राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।