काठमाडौँ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…