काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ। पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन्। एकजनाको टाउको फुटेको छ।निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन…