काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन जहाजको टिकट नपाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन । पोखरामा बयान सकिएकाले…