मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीको मनपरीले थलिएको वीरगंज यातायात व्यवस्था कार्यालय

कर्मचारीको मनपरीले थलिएको वीरगंज यातायात व्यवस्था कार्यालय

न्यूजस्टोरी

वीरगंज १२ मंसिर । यातायात ब्यवस्था कार्यलय वीरगंजमा कार्यरत कम्प्युटर अपरेटर शेष रजाउल हकले प्रदेश सरकारले खटाएको ठाउँमा नगएर सरकारलाई नै चुनौती दिएका छन् । यातायात ब्यवस्था कार्यालय वीरगंज पर्शामा हक बिगत ३ बर्षदेखि कम्पुटर अपरेटर छैटौ पदमा कार्यरत रहेका छन् । तीन महिनाको लागि काज सरुवा गरि सो कार्यालय आइपुगेका हक तीन बर्षसम्म हक जमाएर बसेका छन् ।

कार्यलय प्रमुखलाई आर्थिक ब्यवस्थापन गरिदिएर प्रमुखलाई रिजाएका कारण उनि हालसम्म पनि सोहि कार्यालयमा टिकिरहेका निकटवर्तिहरुले बताएका छन् । काज फिर्ता भइसक्दा पनि उनि कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णको आर्शिवाद पाउँदा सोही कार्यलयमा हााजिर गरिरहेका छन् भने, विभिन्न

आर्थिकअनियमिततमा पनि मुछिने गरेका छन् । उनलाई मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले २०८१ साल असोज १५ गते नै काज फिर्ता गरिएको पत्र दिइसकेको छ । मन्त्रालयले प.स. ८१९८२ च.न. २८८, मिति २०८१ अससोज उनलाई लेखेको पत्रमा मन्त्रालयको असोज १४ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयमा काज फिर्ता गरिएको उल्लेख गरिएको छ । तर, करिव दुई महिना बितिसक्दा पनि उनि यातायात ब्यवस्था कार्यालय वीरगंजबाट टसमस भएका छैनन ।

उक्त कार्यालयमा कार्यरत एकजना कर्मचारीका अनुसार कम्पुटर अपरेटर हकले कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले भने बमोजिम आर्थिक संकलनको काम गर्दै आएका छन् । उनले सेवाग्राहीसँग पैसा असुल्ने र सो पैसा कार्यालय प्रमुख सम्म पुराउनुको साथै हकले वीरगंज स्थित होटल लस्ट दयालुमा पैसाको कारोबार गर्ने गरेको पनि खुलासा भएको छ ।आफ्नो आर्थिक ब्यवस्थापन भएका कारण कार्यालय प्रमुख कर्णले उनलाई काज फिर्ता नर्गन हरसंम्भव प्रयास गरिरहेको जानकारहरु बताउँछन् । `

प्रदेश सरकारले सो कार्यालयमा काजमा कार्यरत १० जना कर्मचारी मध्य आठ जनालाई फिर्ता बोलाए पनि कम्प्युटर अपरेटर शेष रजाउल हक र खरिदार छेदि मण्डल भने फिर्ता गएका छैनन । खरिदार मण्डल पनि कार्यालय प्रमुखकै इशारामा आर्थिक अनियमिततामा संलग्न हुनेहुँदा उनि पनि कार्यालयमा अड्डा जमाएर बस्न सफल भएका छन् । अन्य आठजना कर्मचारी भने काज फिर्ता भइसकेका छन् । मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयले गत कार्तिक २९ गते सवै यातायात ब्यवस्था कार्यलयलाई पत्र लेखि काज फिर्ता भएका कर्मचारीलाई तीन दिन भित्र रमाना दिई मन्त्रालयलाई जानकारी गराउन आदेश दिएको थियो । सो आदेशको पनि अवज्ञा गर्दै कार्यालय प्रमुख कर्ण हकलाई कुनै पनि हालतमा रमाना नदिने पक्षमा उभिएका हुन् ।

उनले कम्प्युटर अधिकृत हक र खरिदार मण्डललाई आाफूले रमाना नदिने भन्दै कार्यालमै हाँजिर गराइरहेका छन् । प्रमुखको दुई कर्मचारीहरु प्रतिको आशक्ति देखेर अन्य कर्मचारीहरु चकित परेका छन् । यता, कार्यालय प्रमुख कर्ण प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको गाउँले भएकाले आाफूले जे पनि गर्न सक्ने भन्दै आएका एक कर्मचारीले बताए ।

कर्णले कार्यालयमा व्यापक भष्टाचार गरिरहेको भन्दै सेवाग्राहीहरुले सो रकम मन्त्री सम्मै पुग्ने आशंका गरेका छन् । कम्प्युटर अपरेटर शेष रजाउल हक र खरिदार छेदि मण्डल नियमित रुपमा कार्यकक्षमा नभेटिने गरेको सेवाग्रहीहरको गुनासो छ । उनिहरुलाई कार्यालय प्रमुखले नै कार्यकक्षमा नवसी बिचौलियाहरुसँग साँठगाँठ गर्न खटाउने गरेको उनिहरुको आरोप छ । यातायात ब्यवस्था कार्यालय वीरगंजमा भेटिएका सेवाग्राही प्रश्न गर्छन, यो देशमा सरकार भन्दा एउटा भ्रष्ट कर्मचारी ठुलो रहेछ