मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीतिगत व्यवस्था यथावत राख्दै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

नीतिगत व्यवस्था यथावत राख्दै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

न्यूजस्टोरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत फेरबदल भने गरेको छैन । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।