राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔंकाठमाडौं, १५ मंसिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत…