मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्न अनुमति

न्यूजस्टोरी

काठमाडौँ । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए ।

उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हाले पनि खारेज भएको थियो । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।