काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत जनप्रतिनिधि चयनका निम्ति देशका विभिन्न ४१ स्थानमा मतदान जारी छ । ४१ जना जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो । जसमा ३७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा…