काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको हो। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो।…