मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

काठमाडौं । कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गरेका हुन् । पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।