मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले कतारसँग भिड्दै

एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले कतारसँग भिड्दै

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल आज कतारसँग भिड्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो ।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ । खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।