मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु

न्यूजस्टोरी

इलाम, २७ भाद्र । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान शुरु भएको हो । गएको बिहीवार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान शुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौबाट इलामका लागि छ जना यात्रु लिएर आएको जहाज काठमाण्डौका लागि आठ जना यात्रु लिएर फर्किएको छ ।

अब रहेक बिहीवार नियमित उडान हुनेछ । बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान शुरु भएसँगै यात्रुलाई सहज भएको छ ।