काठमाण्डौ । उद्योगमा काटिएको बिजुली जोड्नेबारे हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद तथा उद्योगमा काटिएको बिजुलीबारे सञ्चालक समितिले छलफल गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न नसकेको हो । गएको शुक्रवार प्रधानमन्त्री ओलीले तत्काल बिजुली जोड्न प्राधिकरणलाई निर्देशन दिनुभएको…