काठमाडौं । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नेपालीले बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताको आधारमा बिना धितो ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जानेलाई प्रोत्साहन गर्ने गरी नीति ल्याइएको हो ।
यस्तै, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको दायरा पनि बढाएको छ । यसअघि विदेश जाँदा ३५ हजार अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५० हजार डलर कायम गरेको छ ।


प्रतिक्रिया