बाग्लुङ । आईएमई ग्रुपको लगानीमा बाग्लुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । इला कम्फोर्ट होटलमा कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बाग्लुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आईएमई ग्रुपले जनाएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिजाे…