काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेर एक लाख ५७ हजारमा कारोबार हुँदैछ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर एक हवार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।