किरण कुँवर
चितवन, ११ माघ । १५ औं संस्करणको चितवन महोत्सव समापन भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएकोे महोत्सव ऐतिहाँसिक सफलता हात पार्दै सकिएको छ ।
महोत्सवले आम जनतामा उत्साह र उमंग जगाएको मुल समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा पाँचलाख जनसहभागिता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले ३० करोड बराबरको कारोबार भएको पनि जानकारी दिनुभयो । सोचे अनुरुपकै सहभागिता र कारोबार ले थप उत्साह जगाएको श्रेष्ठको भनाइ छ ।
चितवनवासीका लागि पर्वकै रुपमा स्थापित भएको महोत्सवले ब्यवसायिक प्रवद्र्धनमा अतुलनीय भूमिका निर्वाह गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया