काठमाडौं, १४ फागुन । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो…