मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो

स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो

न्यूजस्टोरी

स्पेनले भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई राजनीतिक शरण दिएको छ । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहनुभएका भेनेजुएलाका विपक्षी नेता उरुटियालाई स्पेनले आज राजनीतिक शरण दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई २८ मा भएको राष्ट्रपतीय चुनावपछि उत्पन्न तनावबीच उरुटियालाई सरकारले पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता उहाँ लुकेर बस्नुभएको थियो । स्पेनी दूतावासमा पुग्नुभएका उरुटिया स्पेनी हवाई सेनाको विमानमार्फत स्पेन पुग्नुभएको हो । स्पेनी दूतावासमा राष्ट्रपति मदुरोका चार जना प्रतिस्पर्धीले शरण लिइरहेका छन् ।

चुनावमा सरकारले ुनेशनल इलेक्टोरल काउन्सिल (सीएनई) लाई नियन्त्रणमा लिएर निकोलस मदुरोलाई निर्वाचित भएको घोषणा गरेको थियो । गएको जुलाईमा भएको राष्ट्रपतीय चुनावपछि भेनेजुलयामा राजनीतिक सङ्कट बढेको छ । विपक्षी दलले राष्ट्रपतिमा उरुटिया विजयी भएको र त्यसको आफूहरूसँग प्रमाण रहेको बताउँदै आएका छन् । अमेरिका, युरोपेली सङ्घ र कतिपय ल्याटिन अमेरिकी देशले विस्तृत विवरण सार्वजनिक नगरिएको चुनावको नतिजा अस्वीकार गर्दै आएका छन् ।

मदुरो नेतृत्वको सरकारले चुनावयता मात्रै दुई हजार चार सय जनालाई पक्राउ गरिसकेको बीबीसीले जनाएको छ । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।