मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ २६ गतेका लागि बोलाइयो गण्डकी प्रदेशसभाको बैठक

भदौ २६ गतेका लागि बोलाइयो गण्डकी प्रदेशसभाको बैठक

न्यूजस्टोरी

पोखरा । लामो समयदेखि स्थगित गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बोलाइएको छ। सत्ता समीकरणको फेरबदलका कारण बस्न नसकेको बैठक दुई महिना लामो समयपछि बोलाइएको हो।

सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा बैठक आह्वानमा गरेको छन्। दिउँसो २ बजे प्रदेशसभा भवन नदीपुरमा बैठक बस्ने छ। गण्डकी प्रदेश सभाको छैठौं अधिवेशन असार १८ गतेको बैठकपछि स्थगित छ। असार १७ गते चालु आर्थिक वर्षको बजेट पारित भयो। त्यसपछि १८ गते बसेर स्थगित बैठक बस्न सकेको छैन।

गण्डकी प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धि दुई वटा विधेयक छलफलमा छन्। सरकारले केही दिनअघि मात्रै साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको छ। यो विधेयक सदनमा टेवुल हुन बाँकी छ।

जीवनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसदमा सामान्य छलफलपछि थप छलफल गर्न समितिमा पठाइएको छ।