मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गयो

केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गयो

न्यूजस्टोरी

केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ जना जना विद्यार्थीको ज्यान गएको छ । न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा मध्यरातमा आगलागी हुँदा बालबालिका सुतिरहेको एक शयनगृह जलेको केन्याको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीले पीडितको उमेर खुलाएको छैन । घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

केन्यामा यसअघि सन् २०१७ मा पनि एउटा विद्यालयमा आगलागी हुँदा १० जनाको ज्यान गएको थियो । यस्तै २० वर्ष अघि विद्यालयमै भएको आगलागीमा ६७ जनाले ज्यान गुमाएका थिए ।