मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते

युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते

न्यूजस्टोरी

काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमण फेरि तिव्र बनाएको छ। मङ्गलवार रुसले गरेको मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ भने २७१ जना घाइते भएका छन्। युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताए।

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताएका छन्। पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ। रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ। रुसी आक्रमण पछि युक्रेनी नागरिक फेरि तनावमा आएका छन्। २ वर्षभन्दा बढी समयदेखि जारी युद्धका कारण युक्रेनको जनजीवन निकै प्रभावित बनेको छ।