मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी

सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी

न्यूजस्टोरी

काठमाडौं । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।

विशेष गरेर कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले पनि ठूलो बर्षा भएको छ । दाङ, बाँके, कास्की, गोरखा, चितवन, सिन्धुली, नुवाकोट, बारा, सोलुखुम्बु, इलाम लगायतका ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यस्तै सिन्धुलीको सिन्धुलीमाडी र सिन्धुलीगढी क्षेत्रमा मुसलधारे पानी परेको छ । स–साना खोलामा वानीको बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । देशैभर एकैसाथ ठूलो पानी पर्ने र झरीको सम्भावना नभए पनि ठाउँठाउँमा पानी परिरहेको महाशाखाको भनाइ छ ।

बुधवार पनि काठमाडौ सहित मुलुकका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।