मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसदले भने- सञ्चारमन्त्री गुरुङलाई तत्काल बर्खास्त गर्नुपर्छ

कांग्रेस सांसदले भने- सञ्चारमन्त्री गुरुङलाई तत्काल बर्खास्त गर्नुपर्छ

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीबाट सार्वजनिक अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ ।

उनले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि भए त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने पनि उनको भनाइ छ । ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्यतथ्य बङ्ग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी-पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न सबैलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

मन्त्री गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएसँगै विवादमा परेका छन् । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका छन् ।

नियमित ब्रिफिङका लागि भेट्न पुगेका गुरुङलाई ओलीले आइन्दा त्यस्ता अभिव्यक्ति नदिन सचेत गराएका हुन् । प्रधानमन्त्रीसँग भेटपछि प्रवक्ता गुरुङ स्वयंले सार्वजनिक रूपमै आफूले गलत शब्द प्रयोग गरेको महसुस भएको बताएका छन् ।