मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका विभिन्न स्थानमा दिउँसो चार बजेसम्म विद्युत अवरुद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा दिउँसो चार बजेसम्म विद्युत अवरुद्ध हुने

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि विद्युत् अवरुद्ध भएको छ। अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएकाले दिउँसो चार बजेसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रले जनाएको छ।

अनामनगर पुर्वीगेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्यूरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत सेवा प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।