मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू

न्यूजस्टोरी

डोल्पा, १६ भाद्र । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गको शेल गुम्बामा बाह्रवर्षे ‘शे’ मेला शुरू भएको छ ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औं मेला शुरू भएको गाउँपालिकाका उपाध्यक्ष एवम् प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो । हरेक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उहाँले बताउनुभयो ।

मेलाबाट सामाजिक एकता एवम् सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रचार हुने आयोजकले जनाएको छ ।

मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत, बौद्ध धर्मावलम्बीका प्रमुख लामालगायत व्यक्ति पुग्नुभएको छ । मेला चार दिनसम्म सञ्चालन हुनेछ ।