मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीमाथि छलफल सुरु

प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीमाथि छलफल सुरु

न्यूजस्टोरी

काठमाडौं । सरकारद्वारा १७ देशका लागि प्रस्तावित राजदूतहरुमाथि परेका उजुरीहरुमाथिको छलफल सुरु भएको छ। शुक्रबार संसदीय सुनुवाइ समितिमा १७ देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुमाथि उजुरीकर्ताहरुले गरेको उजुरीमाथि छलफल सुरु भएको हो।

६ जना उजुरीकर्ताहरुले राजदूतउपर उजुरी दिएका थिए। त्यसमध्ये ५ जना उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको हो। उजुरीकर्ताहरुमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल र एक जना उजुरीकर्ता नम्बर ६ रहेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।

उनले एक जना उजुरीकर्ताले नाम गोप्य राख्न चाहेकोले नखुलाइएको र अर्का एकजना उजुरीकर्ता कारणबस आउन नसकेको बताए। समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदूतहरु वाणिज्य दूत मात्रै भएकाले र राजदूतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कूटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताए। उनले राजदूत नियुक्ति समानुपातिक र समावेशी नभएकाले फिर्ता गर्नुपर्ने तर्क गरे।

अर्का उजुरीकर्ता मुक्तिनाथ आचार्यले सिफारिस राजदूतमध्ये इजरायलका लागि सिफारिस व्यक्ति प्राध्यापक धनप्रसाद पण्डितमाथि समितिले गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव दिए।