मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी सभामा कांग्रेस सांसदको प्रश्न- द्वन्द्वकालका हतियारले कहिलेसम्म मान्छे मर्नुपर्ने ?

कोशी सभामा कांग्रेस सांसदको प्रश्न- द्वन्द्वकालका हतियारले कहिलेसम्म मान्छे मर्नुपर्ने ?

न्यूजस्टोरी

विराटनगर । कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ मा बम बिस्फोटबाट मृत्यु भएका दाजु बहिनीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् ।

उनले बम विस्फोटबाट घाइते भएका बालबालिकाको उपचार गराउन समेत सरकारको ध्यानाकर्षण गरेकी छन । कोशी प्रदेश सभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले टीआरसी विधेयक पास भइ सक्दा पनि द्वन्द्वको बेलाका हतियारमा परेर मृत्यु हुनु गम्भीर कुरा भएको बताइन् ।

उनले द्वन्द्वका बेला प्रयोग गरिएका हतियारको खोजी गरिनु पर्ने पनि बताइन् । ‘द्वन्दका बेलाका हतियारले कहिले सम्म मान्छे मर्ने ?’, उनले प्रश्न गरिन् ।