मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित

एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित

न्यूजस्टोरी

काठमाडौं, १३ भाद्र । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । बाँकी पदाधिकारी र ८४ सदस्यीय पोलिटव्यूरो सदस्य चयनका लागि एकीकृत समाजवादीले निर्वाचन नै गर्नुपरेको थियो ।वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरेका छन् ।