मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, १२ भाद्र । आज देशभरको मौसम दिउँसोदेखि रातिसम्मै आंशिक बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, वाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू(भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।आज राति कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।कोशी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जसका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।