मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

न्यूजस्टोरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।

घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।