मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट पनि हटायो, ढकालले मागे रविको राजीनामा

मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट पनि हटायो, ढकालले मागे रविको राजीनामा

न्यूजस्टोरी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालय च:मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो। साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकालले सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए। जिल्ला-जिल्ला घुमेर नेता-कार्यकर्ताका सुझावका आधारमा ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो।

पार्टीबाट निष्कासित भएपछि ढकालले आफू रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार नभएको भन्दै न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा सभापति लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने तर्क उनले गरेका छन्।