मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पदाधिकारी छान्न चुनाव गर्ने एकीकृत समाजवादीको तयारी

पदाधिकारी छान्न चुनाव गर्ने एकीकृत समाजवादीको तयारी

न्यूजस्टोरी

काठमाडौं, १० भाद्र । नेकपा (एकीकृत समाजवादी) ले १८ जना पदाधिकारी छान्न चुनाव गर्ने तयारी गरेको छ ।

सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्ने तयारी गरेको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिनुभयो । भोलिदेखि चुनाव प्रक्रिया शुरू हुने उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको थियो । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको थियो ।

एकीकृत समाजवादीले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।