काठमाडौं, १० भाद्र । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मा।वि।र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।
अस्ति राति गएको पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने ४ जना हराइरहेका छन् ।


प्रतिक्रिया