काठमाडौं । भारतीय तीर्थयात्री बोकेको बस नेपालमा दुर्घटना भएको केही दिनमै भारतमा नेपाली तिर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।
भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका विभिन्न समाचार माध्यमहरूले जनाएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरूमा भइरहेको छ ।
घाइतेहरू नेपालको बारा जिल्लाका बसिन्दा भएको बताइएको छ । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।


प्रतिक्रिया