मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका सभापति देउवाको घरअगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

कांग्रेसका सभापति देउवाको घरअगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

न्यूजस्टोरी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । सेनाको टोलीले आइतवार बिहान निष्कृय बनाएको हो ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवासअगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले १ बजे थाहा पाएको थियो । एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

null

त्यसलगत्तै नेपाल प्रहरीको टोली शङ्कास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो । बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शङ्कास्पद वस्तु निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको र त्यसभित्र टिफिन बक्स फेला परेका थियो ।

null

‘बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको थियो । त्यसको भित्र टिफिन बक्स फेला पर्यो । यो निकै रहस्यमय लागेकाले डिस्पोज गराइएको हो,’ उनले भने । 

धनगढीको घरमा कांग्रेस सभापति देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बस्ने गर्छन् ।