मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका अधिकांश बस्ती डुबानमा, महाकालीमा पानीको सतह बढ्दै

कैलालीका अधिकांश बस्ती डुबानमा, महाकालीमा पानीको सतह बढ्दै

न्यूजस्टोरी

काठमाडौं । गएरातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् ।

कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन् । कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

यता लगातारको वर्षाले महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण अहिले महाकाली नदीमा जलसतह खतराको तह पार गर्ने तर्फ बढ्दै गएको देखिन्छ ।

महाशाखाका अुनसार अहिले महाकाली नदीको जलसतह ६।४०६ क्यूसेक छ । यो ७ मा पुग्यो भने खतराको तह पार हुन्छ । त्यस्तै पर्साको पसाहा खोलमा पनि पानीको सतह बढ्दै गएको महाशाखाले जनाएको छ ।