चितवन, २ भाद्र । प्रथम बागमती प्रदेश रयाङ्किङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लाको प्रतिनिधित्व गरेर खेलेका खेलाडी हरु मध्य अन्डर ४९ के जि मा चितवनकी सुजता परियार प्रथम र अन्डर ६३ केजि तर्फ अभिशेक गिरी दोस्रो हुन सफल भएका छन् ।
प्रतियोगितामा दुई महिला खेलाडी सहित पाँचजना पुरुष खेलाडीले सहभागिता जनाएका थिए । खेल हिजो र आज गरि दुई दिनसम्म चलेको थियो ।
विजेता खेलाडीहरुलाई जिल्ला तेक्वान्दो संघ चितवनका अध्यक्ष गोपाल श्रेष्ठले शुभकामना ब्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया