मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई शपथ गराउनु भएको हो । नेपाली कांग्रेसका सन्तोष चालिसे संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा, जनता समाजवादीका राजकिशोर यादव, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा , नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा र कांग्रेसकी आरजु राणा देउवा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा(एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको छ । यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान निर्वाचित हुनुभएको छ । यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको हो ।